२०८० जेष्ठ २२ सोमबार

श्रीमतीलाई समेतसँगै राखेर पद तथा गोपनीयताको शपथ !


काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्रको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम फरक ढंगले आयोजना गरिएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुसहित उनीहरुका श्रीमतीलाई समेतसँगै राखेर पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।
निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले नवनिर्वाचित कार्यसमितिका टिमलाई उनीहरुका श्रीमतीहरु समेतसँगै राखेर पद तथा गोपनीयताको शपथ खुवाएका थिए । केन्द्रका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेल, उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी, सचिव अर्जुन राई र कोषाध्यक्ष रोमा थापा मगर तथा सदस्यहरु सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्कीलाई शपथ खुवाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको खुलेरै प्रसंशा गरे । कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दिपक भारती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले प्रतिबद्वतासहितको मन्तव्य व्यक्त गरेका थिए ।
निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन सदस्य ओमप्रकाश खापुङ, स्वागत सदस्य सुरेन्द्र बुढाथोकी र सञ्चालन सदस्य राजु कार्कीले गरेका थिए ।
संस्थाको गरिमा अझ उचो बनाउने प्रतिबद्धता
मेची सामुदायिक सेवा केन्द्रका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलले संस्थाको गरिमा अझ उचो बनाउने प्रतिबद्धता जनाएका छन । नयाँ कार्यसमितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।
राजनीतिक दलका नेता, सामाजिक संघ संस्थाका प्रतिनिधि, संस्थाका आजीवन सदस्य र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नयाँ कार्य समितिले शपथग्रहण गरेको थियो भने पुरानो समितिले पद हस्तान्तरण गरेको थियो ।

२०७९ चैत्र १२, आईतवार प्रकाशित 0 Minutes 26 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।