
मेचीनगर, धुलाबारी खानेपानीको यही चैत १८ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । जुन निर्वाचनमा कुनैपनि दलसगँ तालमेल नगरी सबै पदमा एकल उमेद्वारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिएको छ। यस लगात्यै पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले ‘हामी आर्थिक अनियमितता गर्देनौँ र हुन पनि दिदैनौँ’ बताएको हो ।
जासुसका रुपमा नेतृत्वमा पुगेर त्यहाँ देखिएका वेतिथीलाई जरैदेखि पन्छाउने बताएको छ । पार्टीका मेचीनगर सभापति भिमबहादुर कुवँरले खानेपानी समितिको निर्वाचनमा आफ्नै टिम निर्वाचित हुनेमा ढुक्क रहेको बताए । पत्रकार सम्मेलन मार्फत रास्वपाले खानेपानी नेतृत्वमा पुगेपछि गर्ने कार्य र प्रतिवद्धता पनि सार्वजनिक गरेको छ ।
‘संस्था भित्र रहेका वेतिथीलाई चिर्न, वास्तविक समाजको प्रतिनिधित्व गर्दै भुइँमान्छेको नेतृत्व गर्न, युवाहरुको वुलन्द आवाजलाई नेतृत्व तहबाट स्थान दिन हाम्रो उमेद्वारी हो ।’ पार्टीका तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्षका उमेद्वार सन्तोष राजवंशीले बताए ।
खानेपानीको ११ सदस्सीय पदमा नै उमेद्वारी दिएको रास्वपाले यस निर्वाचन अत्यन्तै महत्वपुर्ण भएको पनि बताएको छ । रास्वपाका तर्फबाट अध्यक्ष पदमा सन्तोष राजवंशी, उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा ओमनाथ घिमिरले उमेद्वारी दिनुभएको छ भने सदस्यहरु दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ आचार्य, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेद्वार हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिमबहादुर कुँवरले भुईमान्छेहरुलाई नेतृत्वमा पुर्याउने उद्देश्यले धुलाबारी खानेपानी उपभोक्ता समितिको यही चैत १८ गते हुने निर्वाचनका लागि एक्लै लड्ने निर्णय गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा ६ महिनादेखि ३ वर्षभित्र संस्थाको प्रगति, अनियमितता रोक्ने, पानीको श्रोत विस्तार, पाइप लाइन विस्तार, २४ सै घण्टा पानीको सुविधा,कुईक रेसपोन्स टिम, कर्मचारीलाई प्रोत्साहन, सुझाव पेटिका, खानेपानी संस्थालाई भ्रष्टचार मुक्त बनाउने लगायतका १० बुँदे योजनाहरु रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सचिव जीवन कट्टेलले गरेका थिए ।
धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् । धुलाबारी खानेपानीमा ५ हजार ७१६ उपभोक्ता छन् । ती मध्ये ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् । ३ वर्षे कार्यकाल रहने खानेपानीमा जम्मा कार्यसमिति १५ जनाको हुनेछ । ११ जना निर्वाचित, १ जना निवार्तमान अध्यक्ष र ५ जना सदस्य मनोनित हुनेछन् ।