२०८० जेष्ठ २२ सोमबार

मेचिनगरमा प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता हुँदै


मेचीनगर ।। मेचिनगर नगरपालिकामा अवस्थीत धुलावारी फुटसल एरिनामा बैशाख ६ गते देखि ०९ गते सम्म चार दिवसीय प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता आयोजन ागर्ने भएको छ ।
मेचिनगर भित्रका १५ वडाका टिमलाई समाावेश गराउने उदेश्य प्रतियोगिताका संयोजक तथा धुलावारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिए । युवा माझ निकै लोकपृय बन्दै गएको फुटसल खेललाई प्रोत्साहन गर्दै खेलाडीहरुलाई हैसला प्रदान गर्न नयाँ बर्षको उपलक्षमा आयोजना गरिने फुटसल प्रतियोगिताको आयोजक धुलावारी फुटसल एरिना र सह–आयोजक हलेसी मेडिकल हल रहेको छ ।
मेचिनगरको पहिलो फुटसल एरिनामा हुन गइरहेको प्रतियोगिताका विजिता टिमले नगद रु ३० हजार, प्रमाणपत्र र ट्रफि साथै उपविजेतालाई नगद रु १५ हजार, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिएको प्रतियोगिताका सहआयोजक हलेसी मेडिकल हलका संचालक सोम ओझाले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई नगद साथै प्रमाणपत्र र ट्रफिको पनि व्यवस्था गरिएको छ ।
धुलावारी फुटसल एरिनाले आफ्नो स्थापना काल देखिनै विद्यार्थी, संघ संस्था र युवाहरुलाई लक्षित विभिन्न प्रतियोगिता संचालन गरिसकेको छ । प्रथम वडा स्तरिय फुटसल प्रतियोगिताले विभिन्न वडामा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन हुने र स्थानिय स्तरमा खेल क्षेत्रको विकासमा पनि एउटा इट्टा थप्ने विश्वास आयोजक कमिटिले लिएको छ । उतm प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल बनाउन सबै खेलाडी, खेलप्रेमी मानुभावहरुलाई सहयोग गरिदिन आयोजक कमितिले आग्रह गरेको छ ।

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 1 Minute 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।