२०८० जेष्ठ २२ सोमबार

काँकरभिट्टामा घुमुवा परिचालित सशस्त्रको उठन्ती , आतंक मच्चाउँदै अवैध असुली चलाउँदै तामाङ


काठमाडौं ।। सशस्त्र प्रहरी बलमा राजु अर्याल महानिरीक्षक भएपछि देशव्यापी रूपमा नै एउटा परिपत्र गरियो कि बिशेष व्युरो बाहेक अन्य कुनै पनि मातहतका कार्यालयले सिभिलमा घुमुवा परिचालन गर्न पाइने छैन ।
तर त्यो परिपत्रको धज्जी उडाउदै झापामा सादा पोशाकका घुमुवाहरूले खुलेयाम तस्कर र व्यापारीबाट रकम असुलीको कामहरू गरिरहेका छन ।
झापाका सशस्त्र एसपी र काँकरभिट्टा इन्सपेक्टरको नाम बेचेर पूर्वी नाका काकँरभिट्टा सशस्त्र प्रहरी जवान रामवहादुर तामाङले खुलेयाम असुली धन्दा चलाउँदै आएका छन ।
यि जवान काँकरभिट्टा स्थित बिओपी बाट सादा पोशाकमा घुमुवाको रूपमा परिचालन छन । त्यति मात्रै होइन घुमुवा रामले व्यापारी र तस्करहरू सँग असुल्ने रकम माथि नभन्न भन्दै दवाव दिने र पैसा दिएको केही दिनमै  सामान समात्ने गरेका छन ।
आर्थिक लेनदेन , उठन्ती र घुमुवा परिचालन गर्ने सबै अधिकार सशस्त्र प्रहरीको माथिल्लो क्षेत्रबाट आएको आदेश झै गरेर नाकामा राज्य चलाइरहेका छन । यस बिषयमा भखरै पूर्व क्षेत्रमा डिआइजी  भएर आएका प्रमुख , झापाका एसपी लाई जानकारी नभएको पनि होइन तर अनुसन्धान नगर्दा उनी नाकामा डन झै भइरहेका स्रोत बताउँछ ।
यसै नाकाबाट व्यापार गर्ने व्यापारी देखी अन्य तस्करीहरुले यि जवानलाई मार्षिक नजराना बुझाउँने गरेका छन । तर हरेक महिना रकम दिन ढिला भए तुरुन्तै सामान समात्ने गरेको गुनासो हामी सँग आएको छ ।
रकम उठाइ कमाउ धन्दा चलाउँने प्रहरीका रुपमा बिगतमा समेत विवादमा आएका जवानलाइ सशस्त्र प्रहरी सरक्षण गर्नुको पछाडीको रहस्य माथि प्रश्न गर्न सकिन्छ ।
व्यापारीसँग पैसा उठाउनकै लागि नाकामा प्रहरीलाई सिविलमा हिनाउने र माथिल्लो निकायबाट संरक्षण हुदा हाकिमकै लागि पैसा उठाउने भएपछि उनिहरुले जहिल्यै पनि उन्मुक्ति पाइरहेको तितो यर्थाथ छ ।

सबै प्रमाण हामी सँग सुरक्षित छ ।

२०७९ चैत्र ८, बुधबार प्रकाशित 0 Minutes 755 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।