
झापा ।। मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित भएका छन । जनसंसद् दैनिकका सम्पादक मुक्ति पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील थिए ।
पत्रकारले संस्था हाक्न सक्छ भन्ने धेरै तिर कुरा सुनिन्छ तर यहा उनलाई अधिक विश्वासका साथ मत पाएका छन ।
कांग्रेस, एमाले र माओबादी विपक्षमा उभिदा पनि पौडेल बिजयी भए । निर्वाचनमा उहाँले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गरे ।
निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार अध्यक्षमा बिजयी पौडेलले २२१ मत पाउनुभयो भने उपबिजयी तामाङले ११९ मत पाउनुभयो ।
यसैगरी, सचिव पदमा अर्जुन राई २१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी घनश्याम लामिछानेले १३२ मत पाउनुभयो ।
केन्द्रको निर्वाचनमा ५१० मतदाता थिए । जसमध्ये ३४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो ।
महासचिव लगायतका अन्य पदमा पहिल्यै सर्वसम्मत निर्वाचन भइसकेको छ । अध्यक्ष पदमा पौडेल र तामाङबीच प्रतिष्पर्धा हुँदा नेपाली कांग्रेस मेचीनगरले तामाङलाई पार्टीको आधिकारिक उम्मेद्वार घोषणा गरेको थियो । पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराउनु भएको थियो । तामाङलाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समेत समर्थन जनाएका थिए ।
सबै दल एकातिर उभिदा समेत स्वतन्त्र उम्मेद्वार पौडेलको जितलाई सामाजिक र राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।