२०७९ चैत्र १५ बुधबार

 दुव्र्यसन विरुद्ध सचेतना ‘प्यारीभिट्टा महोत्सव’

काठमाडौं ।। झापाको मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका महोत्सव शुरु भएको हो ।
मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा चैत्र २० गतेसम्म सञ्चालन हुने महोत्सवको कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गरेका थिए ।
समाजमा जरा गाडेर विद्यामान अवस्थालाई विकराल बनाइरहेको लागुऔषध जस्तो विकृतिलाई युवाहरुबाट छुटाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा जुवा तास, डाइस, लकि सेभेन जस्ता सबै खेल निषेध गरिएको छ । लागुऔषध विरुद्ध सचेतना जगाउने विभिन्न संघ संस्थासगँ समन्वय गरेर महोत्सवलाई ज्ञान बाँड्ने ठाउँ बनाउने प्रयास गरेको आयोजक प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तीनाथ काफ्लेले बताए ।
मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीलेलागुऔषध नियन्त्रणमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने बताए । महोत्सवमा राष्ट्रिय स्तरका ख्यतिप्राप्त दजर्नौ कलाकारहरुले समेत प्रस्तुती रहनेछ । भोलि सारेगम लिटल च्याम्पका प्रितम आचार्य को प्रस्तुती रहेको छ साथै महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु राखिएको छ ।

 

२०७९ चैत्र ५, आईतवार प्रकाशित 1 Minute 33 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार