
झापा ।
काँकरभिट्टा बहुमुखी क्याम्पस चरम राजनितिको शिकार बनाएका छन् । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनबिच झडप सम्मको स्थिती हुदाँ काँकरभिट्टा बहुमुखी क्याम्पस परिषर यतिबेला तनाव्रस्त छ ।
क्याम्पसको नाम ‘काँकरभिट्टा बहुमुखी क्याम्पस’ लेखेर मुल गेटमा बोर्ड राखिएको छ ।
तर उक्त बोर्ड नै च्यातिन थालेको छ । स्ववियु निर्वाचनलाई लिएर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हिजो क्याम्पस गेटमा तालाबन्दी गर्दै क्याम्पसको नाम अंकित बोर्डमा आगजनी गरेको थियो । सो अवस्थामा क्याम्पस परिषर बाहिर झडप नै भएको थियो ।
अनेरास्ववियुले बोर्ड जलाउदैँ गर्दा नेकपा एस निकट विद्यार्थी संगठन, नेवि संघ लगायतका विद्यार्थी संगठनले रोकेका थिए । उक्त अवस्थामा झडप हुँदा प्रहरीले अनेरास्ववियुका २ जनालाई नियन्त्रणमा समेत लिएको थियो ।
यसरी झडपको अवस्था साम्य भएपछि क्याम्पसको नाम अंकित बोर्ड नयाँ बनाएर पुन सोहि ठाउँमा राखिएको थियो । तर उक्त बोर्ड पनि गएराति नै च्यातिएको छ ।
आज विहान उक्त बोर्ड च्यातिएको अवस्थामा छ ।