२०७९ चैत्र १५ बुधबार

कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रर्दशन

कोशी प्रदेश खारेजीको माग गर्दै विभिन्न झापासहित पूर्वमा सडक संघर्षका कार्यक्रम शुरु भएको छ । मुलुक संघीयतामा गएसँगै बनेको प्रदेशिक संरचना मध्ये प्रदेश १ को नामाकरण लामो समयसम्म हुन सकेको थिएन । तर, गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संघठनले आज साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राके जुलुस प्रर्दशन गरेका हुन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङ्कन अभियानबीच पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाइएको केपी पालुङ्वाले बताउनुभयो । पालुङ्वाको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ६ वटा राजनीतिक दल संघर्षमा उत्रिएका हुन् ।

२०७९ फाल्गुन २७, शनिबार प्रकाशित 0 Minutes 73 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार