२०७९ चैत्र १५ बुधबार

दुर्गा प्रसाईंको ‘राष्ट्र बचाउ अभियान’

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले संचालन गरेको ‘राष्ट्र बचाउ अभियान’ले बानेश्वर संसद भवन अगाडि गरेको प्रर्दशनमा ‘राजतन्त्र मुर्दाबाद’ को नारा लागेको छ ।

प्रदर्शन भइरहँदा राजतन्त्र मुर्दाबाद, गणतन्त्र मुर्दाबाद भन्दै नारा लागेको थियो । उक्त नारा पछि प्रदर्शनकारी एकछिन अलमलमा परेका थिए ।

राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 0 Minutes 38 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार