काठमाडौं । देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
मंगलबार पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै हावाहुरी चल्ने सम्भावना रहेकोले सचेत रहन अपिलसमेत गरिएको छ ।