२०७९ चैत्र १५ बुधबार

विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । लिग २ मा नेपालको यो लगातार पाँचौ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै चार खेल जितेको थियो ।

२०४ रनको लक्ष्य पाएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले अर्धसतकीय पारी खेले । उनले ६९ बलमा ५ चौकाको मद्दतमा ५६ रन बनाए । यस्तै आसिफ शेख ४४ रन बनाएर रनआउट हुँदा आरिफ शेखले ३३ रन बनाए । कप्तान रोहित पौडेलले २० तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । पीएनजीका असाद भालाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रन बनाएको थियो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

नेपालका लागि गुल्सन झाले ३ विके लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।

२०७९ फाल्गुन १५, सोमबार प्रकाशित 0 Minutes 55 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार