
भ्mापा ।। संचारकर्मी खगेन्द्र घिमिरेले प्रेस चौतारी नेपाल झापाको जिल्ला कार्यसमिति सदस्यबाट राजिनामा दिएका छन् । उनले आज प्रेस बक्तब्य जारी गर्दै आफु प्रेस चौतारी झापा जिल्लाको साधारण सदस्य समेत नरहने व्यहोरा स्पष्ट पारेका हुन ।
उनले जारी गरेको बक्तब्यमा विद्यार्थी विद्यार्थी जीवनमा (अनेरास्ववियु) मा आवद्ध रहेकै कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन प्रेस चौतारी जिल्ला सदस्य भएको भएतापनि समाजमा रहेका सत्य तथ्य घटना जनता माझ पुराउँने मेरो पहिलो उदेश्य भएको उल्लेख गरिएको छ ।
तर, संगठन सँग आवद्ध रहेको भन्दैमा एमाले पाटीको मात्रै प्रचार गर्नु पत्रकारिताको धर्म नभएको भन्दै भखरै सम्पन्न संघीय निर्वाचमा झापा क्षेत्र न १ मा उम्मेदवारको बिषयमा प्रचार प्रसारमा एमाले भन्दा अर्को दलको समाचार लेख्नु संगठको विधान नियम विपरीत काम गरेको ठहर भएपछि आफुले राजिनामा दिएको घिमिरेले बताए ।
एमालेको आम सभामा संचारकर्मी माथि एमालेका कार्याकर्ताले गरेको व्यवहार सार्वजनिक गरे लगात्यै गोपनीयता भंग गरेको भन्दै स्पष्टीकरण बारे लेखिएको निर्धारित समयमा उपलब्ध नगराउँन अनि संगठनको सदस्य भन्दैमा संचारकर्मीले देखाएको गलत गतिबिधि ग्रहण गर्न नसक्ने संगठन भित्र बस्नु औचित्य नरहेको उल्लेख गरिएको छ । आफुलाइ समाचार लेखेको बिषयमा मलाइ ज्यान मार्ने धम्की आउँदा समेत आवाज नउँठाउदा दुख लागेको उल्लेख छ । आगामी दिनमा नागरिक अधिकारका लागि क्रियाशिल रहेर स्वतन्त्र पत्रकारिता गर्ने उदघोष घिमिरेले बताए ।