
भरत यादव
झापा ।। बिर्तामोड स्थित सन्जीवनि हर्ट हस्पिटल प्रा लि को सहकार्य मा जेनियस मिडिया तथा नेपाल यादव सेवा समिति झापा शाखा को संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संम्पन्न भएको छ ।
शिविरमा विभिन्न रोगहरू संबन्धि का ११० जना लाई डाक्टर सि.पि यादव को हस्पिटल सम्पुर्ण टिम बाट
स्वास्थ्य शिविर मा मुटु, कलेजो सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल लगायतका विभिन्न रोगहरू को निस् शुल्क औषधि समेत वितरण गरिएको छ ।
शिविर मा मेडिसिन कम्पनी ले नि शुल्क औषधि समेत वितरण गरिएको थियो । भने दियालो फार्मेसी यसलाई संयोजन गरेको थियो ।
जेनियस मिडिया तथा नेपाल यादव सेवा समिति झापा शाखा को आयोजनामा सम्पन्न नि शुल्क स्वास्थ्य शिविर कार्यक्रम मा अस्पताल का निर्देशक डा। सि पि यादव ले आयोजक समिति लाई विशेष धन्यवाद सहित सम्मान पत्र ले सम्मानित गर्नु भएको थियो ।
जेनियस मिडिया का सचिव तारा प्रकाश भट्टराईले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रम मा जेनियस मिडिया का अध्यक्ष निरज पोख्रेल तथा नेपाल यादव सेवा समिति झापा शाखा को सचिव भरत यादव ले शुभकामना मन्तव्य राखेका थिए । जेनियस मिडिया का बरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक जितेन्द्र कजचभकतजब तथा नेपाल यादव सेवा समिति झापा शाखा को सचिव तथा जेनियस मिडिया का सकृय सदस्य भरत यादव, विष्णु धमला, सामाजिक व्यक्तित्व दिपक दास, गोपाल सेवा समिति झापा का अध्यक्ष ललन यादव, जेनियस मिडिया उपाध्यक्ष निमेश सिवाकोटी को उपस्थिति रहेको थियो ।
यस निस् शुल्क स्वास्थ्य शिविर सम्पन्न गराउन को लागि हिकोला हेरिटेज,शुरुवाति कोठा नेपाल, नाङ्लो फुड ट्रक, चौतारी २०४८ शनिश्चरे, नेवा पासा मुना पुच, छितिज नाट्य समूह झापा, सुनगाभा स्कुल, दियालो फार्मेसी लगायतले भावनात्मक एवम् सामाजिक सहयोग गर्नु भएको थियो ।