
पुस, ३० शनिबार । मेचीनगर लेडी जेसीजको नवौं पद हस्तान्तरण कार्यक्रम शनिबार भवितव्यताका साथ सम्पन्न भएको छ । सन् २०२२ को बोर्डले २०२३ का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरेको हो । २०२२ कि अध्यक्ष सीता गिरी पुरीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष, जेसिआइ सिनेटर बिकास मानन्धरको प्रमुख आतिथ्यता तथा मेचिनगर उप प्रमुख मिना उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर लेडी जेसीजकि नवनिर्वाचित अध्यक्ष रश्मि थापा र उहाका प्रथम पुरुष भिम कुवर लाइ जेसीज नियम अनुसार फुलमाला पहिर्याएर पञ्चेबाजाको धुनमा भेषभुसामा सजिएका बालीकाहरुको साथमा स्कटिङ् गर्दै स्टेजमा लगिएको थियो ।
कार्यक्रममा अहिले सम्मकै उत्कृष्ट माहासचिवको रूपमा पवित्रा बिमली प्रसाईं लाई २०२२ कि अध्यक्ष सीता गिरीले मायाको चिनो प्रदान गर्नुभएको थियो भेने वर्ष २०२२ मा उत्कृष्ट कार्य गरेकामा जयन्ती बराल अवार्ड रेजिना श्रेष्ठ र साबीत्री पर्शुराम अवार्ड शान्ती पराजुलीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष मानन्धर, विशिष्ट अतिथी नगर उपप्रमुख उप्रेती , ईलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपि ज्ञान कुमार महतो, मेची उध्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, धुलाबारी जेसीजका सन् २०२२ का अध्यक्ष रबिन्द्र पाठक, नेपाल जेसीजको २०२३ का लागि झापा बाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित द्वय स्वस्तिका आचार्य र भिम कुवर, मेचीनगर लेडी जेसीजको २०२३ का लागि असाइन एरिया ए भिपी अनुप सुनुवार र असाइन इभिपी रश्मि बस्नेत , मेचीनगर लेडी जेसीजकि संस्थापक अध्यक्ष कविता शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमकै बिच नवनिर्वाचित अध्यक्ष रश्मि थापा लाई निबर्तमान अध्यक्ष सिता गिरीले सपथ खुवाउनु भएको थियो । त्यस पछि २०२३ कि अध्यक्ष थापाले नया निर्वाचित बोर्डका सदस्य हरुलाइ सपथ खुवाउनु भएको थियो । कार्यक्रमकै बिच निर्वाचित बाहेक बाकी पदाधिकारीहरुलाइ अध्यक्षले मनोनीत गर्नु भएको थियो ।
मनोनित हुनेहरुमा महासचिवमा सबिता पोख्रेल, कोषाध्यक्षमा रेजिना श्रेष्ठ, सचीवमा सुनिता कोइराला, सह सचीवमा रुबि श्रेष्ठ, सह कोषाध्यक्षमा अनु कटुवाल, तालिम सम्योजकमा सर्मिला तिम्सिना, जनसम्पर्क अधिकारिमा अनिता खनाल, प्रकरण निर्देसकमा सुकु तामाङ, शिक्षा संयोजकमा सुभद्रा नेपाल, खेलकुद संयोजकमा निर्मला सुबेदी, वातावरण संयोजकमा बविता प्रसाइ, स्वस्थ्य संयोजकमा रश्मि प्रधान, संचार संयोजकमा सविता तिवारी, सदस्यता संयोजकमा लक्ष्मी कोइराला, सहित्यिक संयोजकमा चन्दा बुढाथोकी रहनुभएको छ ।
यस अघि अध्यक्ष रश्मि थापा सहित कार्यकारिणी उपाध्यक्षमा पबित्रा बिमली प्रसाई र जेसी सुस्मा राजवंशी तथा ४ उपाध्यक्षमा कुशुम दाहाल ,शान्ती पराजुली , शकुन्तला खतीवडा ,गुन्जना आचर्य साधारणसभा बाट चयन हुनुभएको थियो । कार्यक्रममा आस्था बाचन कुसुम दाहाल, स्वागत रेजिना श्रेष्ठ र कार्यक्रमको सन्चालन पबित्रा बिमली प्रसाईं र सबिता पोख्रेलले गर्नुभएको थियो ।