२०८० जेष्ठ २२ सोमबार

६ राजनीतिक दलले बुझाए मेचीनगर नगरपालिकालाई ९ बुँदे ज्ञापन पत्र 

मेचीनगर । मेचीनगरका क्रियाशील ६ राजनीतिक दलले मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा उनीहरूका नौ वटा माग रहेका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रको पहिलो माग नै मेचीनगर नगरपालिकाले गैरकानुनी ढङ्गबाट प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने र उनको अख्तियारी स्थगन गर्ने निर्णय गरेको उल्लेख छ ।

ज्ञापन पत्रमा मेचीनगर क्षेत्रका नदीजन्य पदार्थ, जग्गाको वर्गीकरण, धनीपूर्जाको समस्या, स्वास्थ्यमा, सार्वजनिक जग्गा, कृषि मण्डी, प्यारीभिट्टा बसपार्क र नगरका योजनाका विषयमा चासो राखिएको छ ।

नगरपालिका कार्यालय परिसरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई पार्टीका प्रतिनिधिहरू सुवेशकुमार पनेरु,प्रकाश खड्का,भीम कुँवर,विशाल बास्तोला, ओमप्रकाश खापुङ्ग र हरि तिम्सिनाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेसका मेचीनगर सभापति सुवेशकुमार पनेरुले आफ्ना मागहरू प्रति नगरपालिका सकारात्मक रहने विश्वास व्यक्त गरेका थिए

२०७९ पुष २८, बिहीबार प्रकाशित 0 Minutes 49 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।