२०८० जेष्ठ २२ सोमबार

आपतकालीन द्वार राख्न उपप्रधानमन्त्री लामिछानेको दिए निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार इमर्जेन्सी इक्जिट राख्न निर्देशन दिए ।
सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमाा उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने बताउँदै सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिए ।
अहिले भर्खरै भुइँचालो गयो भने हामी यहीँ जोखिममा छौ भन्दै आजैबाट यहाँ कम्तीमा एउटा इमर्जेन्सी इक्जिटको ढोका अध्ययन गराएर व्यवस्था गर्न निर्देशन दिए ।

२०७९ पुष १८, सोमबार प्रकाशित 0 Minutes 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।