२०८० जेष्ठ २२ सोमबार

तामाङ दम्पतीले गरे पचाँस हजार एक सय पाँच रुपैया सहयोगको घोषणा

 

झापा ।  मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिटटा निवासी सजित तामाङ र बिमला तामाङले पचाँस हजार एक सय पाँच रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

होटेल ब्यवसायी संघ मेचीनगरले आयोजन गरेको ब्यवसायीहरुको एक भेलामा होटेल ब्यवसायी संघ मेचीनगरको भवन निर्माणकार्यलाई निरन्तरता दिन सजित र बिमला तामाङले उक्त घोषणा गरेका हुन ।

ब्यवसाय संगै सामाजिक विभिन्न क्षेत्रमा सक्रिय तामाङ दम्पति मेचीनगर स्थित आसाम होटेल तथा आसाम टुरस एण्ड ट्राभल्सका प्रोपाइटर हुन ।

पर्यटन प्रवर्द्धनमा बिशेष भुमिका निर्वाह गर्ने र ब्यवसायीहरुको हक हितमा सधै काम गर्ने
होटेल ब्यवसायी संघको आफ्नै भवन निर्माण भैरहेको अवस्थामा सबै ब्यवसायीले धेरै थोरै जे सकिन्छ त्यो सहयोग गरेर भवन निर्माण सप्पन्न गर्नु सबै ब्यवसायीको कर्तव्य र सबैलाई प्रेरणा मिलोस भन्ने आशाले सहयोग गरेको तामाङ दम्पती बताउछ्न ।

२०७९ पुष १६, शनिबार प्रकाशित 1 Minute 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।