२०८० जेष्ठ २२ सोमबार

मन्त्रिपरिषद्को पहिलो बैठक बस्यो

काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहालले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष शपथ खाएका थिए।

उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।