२०८० जेष्ठ २२ सोमबार

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

काठमाडाैं। दुईपटकको विश्वविजेता तथा साविक विजेता फ्रान्स लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोलको सहज जीत निकाल्दै फाइनल उपाधीको यात्रा पक्का बनाएको हो।

आज बिहान अल बेयत रंगशालामा भएको खेलमा फ्रान्सलाई खेलको चौथो मिनेटमै फरवार्ड हर्नान्डेजले रिबाउन्डबाट आएको बललाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए। खेलअघि आफ्नो मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको मोरक्कोले पहिलो हाफको २० मिनेट नबित्दै आफ्नो कप्तान रोमन साइसको साथ पनि पाउन सकेन।

२०७९ मंसिर २९, बिहीबार प्रकाशित 1 Minute 35 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।