२०८० जेष्ठ २२ सोमबार

मेचीनगर लेडी जेसीजको अध्यक्ष रश्मी थापा

धुलाबारी, मंसिर २४ । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रश्मी थापा चयन हुनु भएको छ । आज सम्पन्न लेडी जेसीजको साधारण सभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो ।

 


त्यस्तै कार्यकारीणी उपाध्यक्षमा पवित्रा विमली प्रसाई र सुस्मा राजबंशी चयन हुनु भएको छ भने उपाध्यक्षहरुमा कुसुम दाहाल, गुन्जना आचार्य, सकुन्तला ढकाल र शान्ति पराजुली चयन हुनु भएको मेचीनगर लेडी जेसीजकी निर्वतमान अध्यक्ष तथा निर्वाचन अधिकृत शुशिला खतिवडाले जानकारी दिनु भयो ।

जेसीज विधान अनुसार महासचिव, कानूनी सल्लाहाकार, तालिम संयोजक, कोषाध्यक्ष लगायतका पदहरु अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको पुर्व अध्यक्ष खतिवडाले बताउनु भयो । साधारण सभाले समिति चयन गरे पनि पद हस्तान्तरण पछि मात्रै कार्यकाल शुरु हुने निर्वाचन अधिकृत खतिवडाले बताउनु भयो ।

२०७९ मंसिर २४, शनिबार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।