२०८० जेष्ठ २२ सोमबार

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला लगाइदिदै मतदाताले भने-  ‘कसैको नजर नलागोस्’

 

कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन्।

‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचिनगर ९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्।

नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा,  कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ।

कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो। विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन्।

 

२०७९ मंसिर १७, शनिबार प्रकाशित 1 Minute 269 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।