
झापा ।। काठमाडौका सडक अतिक्रमणमा बनेका संरचना माथि डोजर चलेझै मेचीनगरमा पनि चल्ने संकेत देखिएको छ ।
बालेन शाहले यस्ता संरचना हटाउँन जुन अभियान सुरु गरे यो पूर्वको मेचीनगरमा हुन सक्ने नगरपालिकाले जारी गरेको एक सूचनाले संकेत देखाएको हो । मंसिर १४ गते जारी गरेको मेचिनगर नगरपालिकाको ७ दिने अत्यन्त जरुरि सुचनामा
नगरपालिकाको स्वामित्वमा रहेको सम्पति कसैले प्रयोग गरेको अवस्था रहेमा, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा, अनधिकृत रुपमा बिज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्राधिकार मिची अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको भएमा ७ दिन भित्रमा उक्त क्षेत्र खाली गर्नहुन सम्बन्धित सबैको जानकारी गराएको छ । सूचनामा सो क्षेत्रहरु खाली नगरे प्रचलित कानुन वमोजिम भइजाने व्यहोरा उल्लेख गरिएको छ । प्रचलित कानुन के भन्ने प्रष्ट उल्लेख नगरिए पनि अवैध संरचना हटाउँन काठमाडौ महानगरपालिकाको शैली प्रयोग हुन सक्ने देखिन्छ ।