२०८० जेष्ठ २२ सोमबार

आँगाेले ज्यान मात्रै बाच्याे घर तहसनहस, प्रदेश सदस्य सविनाकाे सहयाेग

झापा ।। झापा बुदशान्ति ४ गुरास टाेलमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । घरमा बस्दै आएका ७८ वर्षिय जनविर मावाेकाे भाेट काड र शरीर बाहेक केही बच्च सकेन् । घरमा एक्लै बस्दै आएका बृद्व दिउसो घरमा चुलोमा बालेकाे आगाेकाे काेहिला बाट आगाे सल्किएकाे थियाे । आगाेले पूर्ण रुपमा मावाेकाे घर,लत्ताकपडा ,अन्न सबै खरानी भयाे । आफू आगाे बाट बच्च सफल भएको गहभरी आँसु बनाउँदै पिडा पाेखे । आगाे बाट भएको क्षतिकाे कुरा थापा पाउँन साथ भर्खरै झापा १ प्रदेशसभा २ की विजेता सविना बजगाई सहयोग लिएर पुग्नु भएको छ । हिजाे आगलागी भएर हाल सम्म कसेेैले कुनै सहयोग नगरेकाे साे ठाउमा बजगाइ पुग्दा मावाे खुसीकाे आँसु झारेका थिए । बजगाइले लत्ताकपडा ,खाधन्न ,रकम सहयाेग गर्नु भएको थियाे । आफुले यस घटना सुने लगात्यै बुबालाइ सहयोग गर्न आएको प्रतिक्रिया दिनुभयो । हाल सम्म नगरपालिकाले कुनै सहयाेग नगरेकाे सयका स्थानीय हरुले आफ्नै प्रयासमा मावाेकाे जलेकेा घर नजिकै अर्काे घर बनाइदिन लागेकेा बताए ।

२०७९ मंसिर ११, आईतवार प्रकाशित 0 Minutes 628 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।