

मेचीनगर, मंसिर १० । प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले मेचीनगर १५ स्थीत बिचार्नी बजार र हेल्दुबारी जाेड्ने निन्दा खाेलामा निर्माण हुने झाेलुङ्गे पुलकाे आज शिलान्यास गर्नु भएकाे छ ।
आज बिहान हेल्दुबारीमा प्रदेश सांसद गाेपाल तामाङसंग संयुक्त रूपमा शिलान्यास गर्नु भएका सांसद शर्माले शिल्लान्यास पछि बाेल्दै झाेलुङ्गे पुल निर्माणमा बजेटकाे अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयाे । शर्माले भन्नुभयाे, `कुरा भन्दा पनि काम गरेर देखाउनुछ, पुल निर्माणमा बजेटकाे अभाव हुन दिनेछैन ।´
संघीय सरकार भाैतिक पुर्वाधार मन्त्रालयले बिनियाेजन गरेकाे ७५ लाखमा ३५० मिटर लम्बाई र १•५ मिटर चाैडाइकाे पुल दुइ बर्ष भित्रमा निर्माण सम्पन्न हुनेछ ।
मेचीनगर १५ का वडा अध्यक्ष गुणनिधि भट्टराईले सञ्चालन गरेकाे कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, माहाधिवेशन प्रतिनिधि ताराबीर कटुवाल, नगर सभापति सुवेशकुमार पनेरू लगायत स्थानीयहरूकाे उपस्थीति रहेकाे थियाे ।