२०८० जेष्ठ २२ सोमबार

एक एक मतलाई लाख लाख सम्मान ः विश्वप्रकाश

खगेन्द्र घिमिरे
भ्mापा ।। झापा क्षेत्र न १ का सम्पूर्ण मतदातालाइ प्रतिनिधीसभा तर्फ विजयी नेपाली कांग्रेसका बिश्वप्रकाश शर्माले लाख लाख सम्मान व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित भएसँगै सम्पूर्ण मतदाता स्वदेश तथा बिदेशका नेपाली दाजुभाइ दिदिबहिनी,शुभेच्छुक प्रति आभार व्यक्त गर्नु भएको हो ।
कुल ८१ हजार ७ सय ६४ मतमा शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको थियो ।

विजयी भएसँगै आज झापाको क्षेत्र न १ मा मतदाता सम्मान रयाली आयोजना गरिएको छ । इटाभट्टा हुदै हजारौ कार्यकर्ता,शुभेच्छुक सहितको रयाली भृकुटी,गाडागल्ली,बाहुनडागी,नकलबन्दा,काँकरभिट ,गोमनसरी परिक्रमा गरेको थियो । जहाँ विश्वप्रका शर्मा ,प्रदेश (क) सदस्य गोपाल तामाङ्ग लाई आम मतदाताले सम्मान गरेका थिए । रयालीमा मतदाताको घर दैलोमा पुग्दा शर्माले मतदाताकोे मत खेर जान नदिने बताए ।
रयाली अघि शर्मा आज बिहान जिउँदा सहित गोपाल श्रेष्ठ र उहाँकि आमालाइ सम्मान,दृष्टिविहिन आमालाइ सम्मान,खेलाडी रुवीना क्षेत्रीलाइ सम्मान,लामो समय देखि भक्का बेच्ने आमालाइ सम्मान,टोकला चिया बगानका मजदुरलाई सम्मान गर्नु भएको थियो ।

 

२०७९ मंसिर ८, बिहीबार प्रकाशित 1 Minute 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।