२०७९ चैत्र १५ बुधबार

विश्वप्रकाशको विजयी रयाली भोलि

झापा — अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक झापा क्षेत्र न १ मा बाजी मारेका छन् ।
जितपछि शर्माले हामी सँग कुरा गर्दै भने ,‘पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’

उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।

एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
विजयी भए सँगै भोलि बिहान ११ बजे विजयी उत्सव मनाउँने तयारी भएको छ ।

 

२०७९ मंसिर ७, बुधबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार