
झापा ।। झापा १ प्रदेशसभा २ की विजेता सविना बजगाईले मतदाताको आफु साझा उम्मेदवार भएको बताएकी छिन । केही समय अघि विजेता भए सँगै उनले आफु अवको अगाडीको यात्रा मतदाताको आवाज बनेर हरेक जनताको मन जित्ने बताइन् । उनले
उपविजेता श्यामबीर लिम्बु र आफु बिचमा दाजु बहिनीको सम्बन्ध सधै कायम रहने बताइन् । उपविजेता भएका श्यामबीर लिम्बुले समेत मतगणना स्थलमै आएर सविनालाइ बधाइ स्वरुप माला लगाइदिदै बधाइ तथा शुभकामना दिए ।झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सबिना बजगाई निर्वाचित भएकी छन् ।
बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् ।
महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् ।