
चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको यो क्षेत्र विशेष चासोमा रहेको छ । यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् ।
प्रारम्भिक मत परिणाम अनुसार एमालेका कृष्णभक्त पोखरेलले शुरुवाती अग्रता लिएका छन्
कृष्णभक्त पोखरेल(सूर्य ):५३
रवि लामिछाने(घण्टी): ५
उमेश श्रेष्ठ (रुख): ३३
चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३१५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।