

झापा । झापामा मतगणना सुरु भएको छ । झापा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । त्यस्तै झापा- ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ ।
सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । त्यसैगरी झापा- १ र ४ मा सर्वदलीय बैठक बसेको छैन । अहिले ७ बजे सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।