
बिर्तामोड । झापामा १ लाख ९७ हजारभन्दा बढी मतदाताले भोट नहालेको तथ्यांक आएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
प्रतिशतका अधारमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ ।