
झापा । नेकपा (एमाले) र राप्रपाबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेद्वार अग्नि खरेल र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मा बिच कडा प्रतिस्पर्धा हुने भएको छ । झापा १ मा २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार रविन कोइरालाले पराजित गरेका विश्वप्रकाश अहिले तेस्राे पटक प्रतिनिधि सभामै उम्मेदवार का रुपमा उभिएका छन् ।
स्थानीय तहको चुनावमा प्राप्त मत अनुसार एमाले बलियो देखिन्छ यसको आधारमा प्रदेश सभा क मा रविन काेइरालाकाे जित लगभग निश्चित रहेकाे स्थानीय बताउँछ । स्थानीय तह निर्वाचनमा एमालेलाई प्राप्त मतलाई आधार मान्दा शर्मा प्रतिकुल अवस्थामा भएता पनि मतदाता प्रति पछिल्लो समय शर्माले आशा थपेकाे देख्न सकिन्छ । हामीले झापा क्षेत्र न १ का केही मतदाता सँग प्रतिक्रिया लिला अग्नि खरेलकाे ठाउँमा रविन उठाएको भए विश्व प्रकाश हार्न सक्ने थिए भन्छन् । तर नयाँ अनुहार परिचय दिदेै हिड्दा आफुहरुले चिन्न नपाएकाे स्थानीय रमेश राजबंशी ले बताए । विश्व प्रकाश यही जन्मिएको मान्छे हाे भाेलि कराउँन पाइन्छ यश पटक काे भाेट आफू एमाले भए पनि केन्द्रमा विश्व र प्रदेशमा रविनलाइ दिने अर्का मतदाता याेगेन राजबंशी बताउँछन । शर्मा र काेइराला दुवै जनता माझमा लाेकप्रिय नेता भएको कारण दुवैकाे आवश्यकता रहेकाे भन्दै विजय सुनिश्चित रहेको आँकलन गर्न थालिएको छ । मतदाता अरु अग्नि खरेल ले चुनावी मैदानमा प्रतिपक्षी लाई गरेकाे बाेली सँग पनि चित्त दुखाउँन थालेकाे बताउँछन् ।
स्थानीय तहको चुनावमा मतदाताले एमालेलाई मेचीनगरमा मात्रै ३१ हजार २३२, कांग्रेसलाई २४ हजार ५९, राप्रपालाई ५ हजार ९२२, माओवादीलाई ३ हजार ९०५ र एकीकृत समाजवादीलाई १ हजार २५२ मत दिएका थिए । मेचीनगरका १५ वटा वडामध्ये ११ मा एमाले, ३ मा नेका र १ मा माओवादी केन्द्र विजयी बनेको थियो ।