२०७९ चैत्र १६ बिहीबार

विकास, सुशासन र भष्टाचारमुक्त समाज निमार्णका लागि मेरो उम्मेद्बारी : गगन पुरी

झापाली जनतामाझ लोकप्रिय नाम हो, गगन पुरी । नेकपा माओवादी केन्द्रका एक नम्बर प्रदेश कोषाध्यक्ष समेत रहेका पुरी आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभातर्फ झापा क्षेत्र नं. ५ (ख) का उम्मेदवार हुन् । विकासप्रेमी नेताको रुपमा चिनिएका उम्मेदवार पुरीसँग चुनावी गतिविधिमा आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंश –

तपाईंको उम्मेदवारी किन ?

यस क्षेत्रको विकास, सुशासन र भष्टाचारमुक्त समाज निमार्णका निम्ति यस क्षेत्रको प्रदेश सभामा मेरो उम्मेदवारी हो ।

चुनावी अभियान कसरी अघि बढीरहेको छ ?

निर्वाचन क्षेत्रभित्रका टोलटोलसम्म गएर जनताका कुरा सुन्ने र आफ्ना प्रतिवद्धता जनताका माझ राख्ने काम भइरहेको छ । निर्वाचन परिचालन समितिको योजना अनुसार हामी भोट माग्दै जनताका माझ पुगिरहेका छौं । जनतामा पनि उत्साह देखिएको छ ।

जनताको विचमा तपाई विकासप्रेमी नेता हो भनेर पुष्टी गर्ने आधार के छन् ?

लामो समयदेखि अघि बढ्न नसकेको यस क्षेत्रको विकासका योजना मध्ये दमक – चिसापानी – रवि सडक गगन पुरीको पहलमा निर्माण सम्पन्न हुँदै गरेको कुरा जनतालाई राम्ररी थाहा छ । दमक क्षेत्रमा पुल पुलेसा, बाटाजस्ता करोडौंका योजना ल्याउने कुरामा जनताले प्रत्यक्षरुपमा म गाँसिएको देखेका छन् ।


आदिवासी जनजातिको सपोर्ट कस्तो छ ?

आदिवासी जनजातिले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने हो भने यस क्षेत्रको विकासका मुद्या मात्र होइन, आदिवासी जनजातिको अधिकार झनै कुण्ठित हुने अवस्था नआउन सक्छ । ८० प्रतिशत जनजातिको अधिकार अझैसम्म सम्बोधन हुन सकेको छैन । एमालेबाट यो सम्भव छैन भन्ने कुरा विगतबाट पुष्टी भइसकेको छ, आदिवासी रंगशालाको विषय होस् या फाल्गुनन्द सभागृहदेखि भाषा धर्म र संस्कृतिकोलागि आदिवासी जनजातिको पक्षमा लड्ने हामीमात्रै हौं भन्नेकुरा जनताले राम्ररी बुझेका छन् र हामीलाई पूर्ण सपोर्ट छ ।

विकास योजनामा नयाँ भिजन के हुन् ?

दमक आसपासको खोलाको सौन्दर्यकरण गर्न, दमक आसपासका खोलाहरुलाई ब्यवस्थित गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न, खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान शुरु भइसकेको छ, यसको थप योजना ल्याएर दमकलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिनेछ । आकर्षक पर्यटकीय क्षेत्र दमकबाट माङ्सेबुङसम्म केवलकार बनाउनु पर्छ भनेर धेरैपटक कुरा पनि उठेको छ, त्यसलाई  पुँजीपति तथा विदेशी दातृ संस्थाबाट नभए सरकारको सहयोगबाट पनि गर्न सकिने योजना छन् ।


तपाईको मुख्य चुनावी नारा चाहिँ के ?

हामीले भर्खरै यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छौं । जनतालाई गुणस्तर शिक्षा र सुलभ स्वास्थ्य नभएसम्म भौतिक संरचनाको विकासलेमात्रै जनजीवन सहज हुदोरहेनछ । त्यसैले यस क्षेत्रमा रहेका समुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने योजना छन् । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने योजना नै हाम्रा चुनावी नारा र प्रतिवद्धता हुन् ।

यस क्षेत्रका भूमिहिनको समस्या कसरी हल गर्ने ?

यस क्षेत्रका भूमिहिनहरुको समस्या समाधानका लागी स्थानीय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको छ, धनिपूर्जा वितरणको चरणमा पुगेकाले अरु ठाउँका भुमिहिनहरुको समस्या समाधानका लागी पनि आफुहरु निर्वाचित हुनै पर्ने आवश्यकता छ । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लागउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेका छन् ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 0 Minutes 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार