
झापा । स्व.लिलाकुमार/काैशल्यादेवि श्रेष्ठ स्मृति प्रतिष्ठान
मेचीनगर-९, लिलाबस्ति तथा मेचीनगर स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा. वि. काे संयुक्त आयाेजनामा “एकदिने नि:शुल्क आँखा शिविर” सम्पन्न भएको छ।
“दृष्टि जाेगाओैं, अन्धाेपन हटाओैं” भन्ने मुल नाराकाे साथ मेचीनगर-३, डाँडागाउँमा मेची नेत्रालय काकडभिट्टाकाे प्राविधिक सहयाेगमा “एकदिने नि:शुल्क आँखा शिविर” सम्पन्न भएको हाे । मेचीनगर-३, स्थित् बलभद्र आधारभुत विद्यालयकाे प्राङ्गणमा भएको साे शिविरमा मेचीनगर-३ र बुद्धशान्ति-५ का गरी जम्मा २०९ जना स्थानीय बासिन्दाहरुले आँखा परिक्षण भएको र आवश्यक सबैलाई ओैषधी वितरण गरिएको जानकारी प्रतिष्ठानकाे अध्यक्ष तथा विद्यालयकाे प्रिन्सिपल कविन्द्र श्रेष्ठले जानकारी दिनुभएकाे छ। शिविरमा हेल्पिङग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिल काठमाडौंकाे सहयाेगमा आवश्यक ८७ जनालाई रिडिङ ग्लास(चस्मा) वितरण गरिएको विद्यालयका प्राेपाइटर रिता थापा श्रेष्ठले जानकारी दिनुभयो। परिक्षणको क्रममा १५ जनालाई माेतिया विन्दु रहेकाे पुष्टि भएको र वहाँहरु मध्य विपन्न वर्गलाई हेल्पिङग हेण्ड्सकाे सहयाेगमा भाेलि अस्पतालले नि:शुल्क अपरेसन गरिदिने कुरा शिविरकाे अगुवाइ गर्नुभएको मेची नेत्रालयका बरिस्ठ नेत्र अधिकृत डा. याेगेन्द्र राउतले बताउनु भएकाे छ।
प्रतिष्ठानकाे अध्यक्ष तथा विद्यालयकाे प्रिन्सिपल कविन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनसार वहाँकाे स्वर्गीय मातापिताकाे स्मरणमा बनाइएको यस प्रतिष्ठानले यस अघि पनि विभिन्न सेवाका कार्यक्रमहर गरेकाे र यसरी नै सेवा कार्य गरिरहने साथै सेवा कार्यमा लाग्ने अभियन्ताहरुलाई सम्मान पनि गर्ने कार्यक्रम भविष्यमा रहेकाे जानकारी दिनु भएकाे छ।