२०७९ चैत्र १५ बुधबार

चुनावी कोणसभा लाइ सम्बोधन गर्न भोलि रबि लामिछाने झापा आउँदै

झापा ।। आसन्न मसिर ४ को चुनावी सभालाई सम्बोधन गर्न रास्ट्रीय स्वतन्त्र पार्टिका केन्द्रीय सभापती रबि लामिछान भोलि झापा आउने भएका छन् । आजै बिराटनगर आएका लामिछाने को भोलि झापाका बिभिन्न स्थानमा कोणसभा आयोजना हुने झापा जिल्ला अध्यक्ष उमेश खरेलले बताए ।
झापाको क्षेत्र न १देखि ५ सम्मकै बिभिन्न क्षेत्रमा सम्बोधन गर्नेछन । संचारकर्मी हुँदा नेपालीहरु को ढुकढुकी बन्न सफल बनेका लामिछानेको यति बेला घण्टी चिन्हमा चुनावी मैदानमा छन । झापामा समेत प्रतिनिधि सभामा सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।
कार्तिक १८ गते १ः३० बजे झापा को दमक हुँदै झापाका सम्पूर्ण क्षेत्र मा चुनावी कोणसभा लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा २ः०० बजे दूधे २ः२० बजे सुरुङ्गा २ः४५ बजे बिर्तामोड३ः२० बजे धुलाबारी ५ः३० बजे राजगढ रहेको छ ।
‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन ः जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने बताएको हो ।

बाचा पत्रमा लेखिएको छ, ‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ । यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने, कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख छ ।

२०७९ कार्तिक १७, बिहीबार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार