
खगेन्द्र खरो झापा ।।
झापा–१ का प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईको चुनावी चर्चा निक्कै उचाइमा पुगेको छ ।
स्थानीय निकायको निर्वाचनमा मेचीनगर नगरपालिको उमप्रमुखमा राप्रपा बाट उम्मेदवार बनेकी बजगाइ हाल एमाले सँगको तालमेलमा झापा क्षेत्र न मा राप्रपा बाट प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार छिन । स्थानीय निकायको चुनावमा सम्मानजनक मत ल्याएकी बजगाईको यो निर्वाचनमा स्वत जित हुने केही मतदाताहरु बताउँछन ।
स्थानीय क्षेत्रमा मत माग्दै गर्दा उनी प्रति मतदाताको आशा पनि उस्तै देख्न सकिन्छ । चिया बगानका मजदुरहरुले ज्याला बढाई दिन माग गर्छन भने गरिब जनताले हिजो उनले गरेको सहयोगको प्रशंसा गर्छन ।
मंगलबार बुद्वशान्ति–४ मा एमाले र राप्रपाको संयुक्त चुनावी घरदैलो कार्यक्रममा सहभागी चिया बगानका मजदुरहरुले ज्याला बढाइ दिन माग गरेका हुन ।
‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेद्वार’ भन्ने मूल नाराका सुरु गरिएको चुनावी अभियान सँगै घरदैलो पुग्दा आफुहरु प्रति धेरै आशा राख्ने गरेको स्वयम उम्मेदवार बजगाइ बताउँछिन । आम जनताले खानेपानी, सिँचाई, बाटो, सामुदायिक स्कुल, सुकुमबासी, हात्ती लगायतका समस्या समाधान का बिषयमा आफुहरु निरन्तर लाग्ने उनको भनाइ छ । मतदाताको मत पाएको खण्डमा आफु सधै जनताको साथमा रहेर का मगर्ने उनी बताउछिन । बिगत लामो समय देखि सामाजीक सेवा सँगै राजनितिक रुपमा जनताको माझमा परिचित नाम हो ।