२०७९ चैत्र १६ बिहीबार

अपूरा योजना पूरा गर्ने संकल्प


काँकरभिट्टा । लोकतान्त्रिक–बाम संयुक्त गठबन्धन झापा क्षेत्र नं १ ‘क’ का उम्मेद्वारले शुक्रवार मेचीनगर–८ का मतदातासँग भेटघाट गरेका छन् ।
सो क्रममा मतदाताले प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राईसमक्ष विकासका अपूरा योजनाहरु बारे जानकारी गराए । दुवै उम्मेद्वारले ती योजनालाई पूरा गर्न आफूहरुलाई जिताएर पठाउन आग्रह गरे ।
मेचीनगर–८ को नमूना टोल, आदर्श टोल, दुर्गा मन्दिर, भूमे थानलगायतका टोलका मतदातासँग उम्मेद्वारले साक्षात्कार भेटघाट गरेका हुन् ।
चुनावी प्रचार अभियानमा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य तिङ्वाला बाराकोटी गिरी, मेचीनगर–८ का कार्यवाहक वडा सभापति हेमप्रसाद कोइराला, प्रदेश प्रतिनिधि रुपसागर अधिकारी, वडा तरुण सभापति राजेश गिरी लगायतका नेताहरु सहभागी थिए ।

२०७९ कार्तिक ४, शुक्रबार प्रकाशित 0 Minutes 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार