२०७९ चैत्र १५ बुधबार

विश्वप्रकाशको पहलमा मेचीडाँगी सडकखण्ड पूणर्ता पाउँदै 

sharethis sharing button

मेचीनगर । वर्षौँदेखि चुनावी एजेण्डा बन्दै आएको मेचीनगर-१ को पाटापुर-मेचीडाँगी सडकखण्ड निर्माणले पूणर्ता पाउने भएको छ ।

अधुरो रहेको उक्त सडक खण्ड निर्माणका लागि काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा बजेट विनियोजन भएको छ । सडक निर्माणका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरिसकेको महामन्त्री शर्माले बताए । त्यसैगरी, वडा नं १ को स्वामी चोकदेखि कार्की चोकसम्मको सडक स्तर उन्नतिका लागि २५ लाख रुपैयाँ विनियोजन भइसकेको छ ।

मंगलबार त्यस क्षेत्रमा पुगेका झापा क्षेत्र नं १ का उम्मेद्वारसमेत रहेका शर्माले स्थानीयसँगको भेटघाटमा गठबन्धनका उम्मेद्वार विकासका पक्षधर भएको बताएका छन् । उनले मेचीनगर-३ मा रहेको दूधे खोलामा पुल बनाउने प्रतिबद्धता पनि गरेका छन् भने २ नं वडामा रहेको जनता माविलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्न आफूले पहल गर्ने बताए ।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार