२०७९ चैत्र १५ बुधबार

झापा- ३ मा एमालेभित्र भाँडभैलो, चार जनाद्धारा पार्टी परित्याग

झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेभित्र भाँडभैलो सुरु भएको छ । झापा ३ बाट डम्बरबहादुर गिरीले स्वतन्त्र उम्मेदवारी दिएसँगै विभिन्न जिम्मेवारी सम्हालेका नेकपा एमालेका युवा तथा विद्यार्थी सङ्गठनका चार जना नेतृत्वले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका छन् ।
राप्रपासँग तालमेल गरी झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनलाई एमालेले उम्मेदवार बनाएपछि उनीहरूले पनि असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीले फरक राजनीतिक आस्था र फरक विचार राख्ने राजनीतिक दल राप्रपासँगको निर्वाचनको तालमेल आफूहरूलाई स्वीकार्य नभएको र पार्टी कमिटी र पार्टी नेताहरूको केही हर्कतका कारण मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको लागि भोट माग्न र पार्टी तालमेलले तय गरेको चुनावी कार्यक्रमहरूमा सहभागी हुन नसक्ने जनाउँदै उनीहरूले अलग राजनीतिक दललाई स्थापित गर्न नसक्ने र आफू र आफ्ना कार्यकर्ताहरूलाई सदाका लागि विस्थापित पार्न नसक्ने भएकाले पार्टी छोडेको विज्ञप्तिमार्फत जनाएका छन् ।

२०७९ कार्तिक १, मंगलवार प्रकाशित 0 Minutes 42 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार