२०७९ चैत्र १५ बुधबार

‘वाङ्मय शताब्दी पुरुष‘ सत्यमोहन जोशीको निधन

काठमाण्डौ, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत जोशीको १ सय ३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनटमा निधन भएको अस्पतालका निर्देशक डा.सुरज बज्राचार्यले बताउनुभयो । जोशीमा मुटु र प्रोष्टेटसम्बन्धी समस्या थियो । उहाँमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नभएपछि सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको थियो । बाबु शङ्करराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा उहाँको जन्म भएको थियो । लोक संस्कृतिका विज्ञको रूपमा परिचित जोशीलाई  पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागितेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । संस्कृति र साहित्यमा जोशीको भूमिकाको कदर गर्दै सरकारले उहाँलाई ‘वाङ्मय शताब्दी पुरुष’ सम्मान प्रदान गरेको थियो ।

२०७९ आश्विन ३०, आईतवार प्रकाशित 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार