२०७९ चैत्र १५ बुधबार

वर्षौ देखी जनतालाई सास्ती चुनाव अघि पुल बनाउँने चुनावी मुद्धा

झापा, असोज २८ । जव जव चुनाव नजिक आउँछ नेताहरु आ आफ्ना चुनावी मुद्ध अघि सार्दै मतदाता सँग भोट फकाउँन गाउँ गाउँ छिर्ने गरेका छन ।
२०७४ सालको चुनावमा  निर्वाचनमा नेकपा माओबादीबाट राम कार्की पार्थ सांसद् निर्वाचित भए ।   कार्कीले दिएको एउटा झुटो आवश्वसन अघि पनि सामाजीक संजालमा भेट्न सकिन्छ । हरेक बालबालिकालाई निशुल्क दुध खुवाउँने चुनावी मुद्ध जित पछि व्यवहारमा लागु हुन सकेन् । चुनावी मुद्ध लगेर मतदाता फकाउँने अनि चुनाव जितेपछि फर्किएर नहेर्ने नेता प्रति मतदाता दिक्क हुन थालेका छन ।
यस्तै आसन्न मंसिर ४ को चुनावमा झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले आफुले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पुल निर्माण गरेर बाहुनडाँगीबासीलाई विकासे युगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरे । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने यो पुल शिलान्यास भएको करीव दुई दशक भइसकेको छ । तर, अहिलेसम्म अधुरै छ ।
वर्षौ देखि स्थानीय जनताले पाएको दुख देख्न नसकेका यस अघिका प्रतिनिधिसभा प्रदेश सभाका नेताहरुले पुरा गर्न नसकेको पुल अव पुरा हुने कुरामा ढुक्क भने छैनन् । धेरैले यो चुनावी मुद्धाको रुपमा हेरेका छन । एमाले राप्रपा गठबन्धनका तर्फबाट झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अग्नि खरेलले राइसिंह पुल बनाउने प्रतिबद्धता गरे
शिलान्यास भएर पनि करीब दुई दशकदेखि बन्न नसकेको मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने राइसिंह पुल अहिलेसम्म अधुरै छ ।
यसभन्दा अघि चुनाव जितेर गएका सांसदहरुले राइसिंह पुल निर्माण गर्न चासो नदेखाएको स्थानीयले गुनासो छ ।
स्थानीय जनता, विद्यार्थीलाई,सवारी लाई वर्षौ देखि सास्ती भोग्दै आएको यो पुल बन्न नसक्दा कठिनाइ हुदै आएको थियो ।
स्थानीयबासीका अनुसार कांग्रेसबाट निर्वाचित तत्कालीन सांसद् एवम् मन्त्री नरेन्द्रविक्रम नेम्वाङले करीव डेढ दशक अघि उक्त पुलको पहिलोपटक शिलान्यास गरेका थिए । शिलान्यास भयो, काम चाहिँ अघि बढेन । त्यसपछि पालैपालो माओबादीबाट धर्म घिमिरे र एमालेबाट रबिन कोइराला संविधानसभा सदस्य निर्वाचित भए । संविधान लेखन र शान्ति प्रक्रियामा ध्यान दिनु परेकाले त्यसबेला पुलको कामले प्राथमिकता पाउँन सकेन
अर्को निर्वाचनमा नेकपा माओबादीबाट राम कार्की पार्थ सांसद् निर्वाचित भए । उनको पालामा राइसिंह पुलको दोस्रो शिलान्यास भएको स्थानीयले दावी गरेका छन् । दुबै शिलान्यासपछि केही फलामे छड र सिमेन्टका भुइँ पिलर गाँडिए पनि काम बढेन ।

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित 0 Minutes 483 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार