२०७९ चैत्र १५ बुधबार

झापा १ बाट उम्मेदवारी दर्ता ! खरेल,काेइराला,बजगाई मैदानमा

झापा १ बाट उम्मेदवारी दर्ता

झापा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

खरेलले मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलको प्रस्तावक एमाले केन्द्रिय सल्लाहकार विष्णुप्रसाद प्रसाईँ र समर्थक एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली रहेका छन् ।

एमाले र राप्रपा तालमेल भएकोमा (क) बाट एमाले केन्द्रिय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला र (ख) बाट राप्रपा मेचीनगर अध्यक्ष सबिना बजगाईले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट झापा १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा शर्मा एमालेका रविन कोइराला र माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए ।

२०७९ आश्विन २३, आईतवार प्रकाशित 0 Minutes 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार