२०७९ चैत्र १६ बिहीबार

झापा १ (ख) राप्रपाकी सविना उम्मेद्वार

झापा, असोज २२ । मंसिर ४ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका लागि एमाले राप्रपा गठबन्धनका तर्फबाट राप्रपा नेता सविना बजगाईलाई उम्मेद्वार बनाउने निर्णय भएको राप्रपा झापाका अध्यक्ष केशब ओझाले जानकारी दिनु भयो ।
राप्रपा मेचीनगर समितिकी अध्यक्ष समेत रहनु भएकी मेचीनगर १३ चारआलीकी बजगाई जुझारु महिला नेताका रुपमा स्थापित हुनुहुन्छ । बजगाई गएको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको उपप्रमुखको उम्मेद्वार समेत हुनुहुन्थ्यो ।
स्थानीय तहको निर्वाचन मा सम्मान जनक मत ल्याउनु भएको बजगाइ राजनीति मात्रै नभएर सामाजिक,धार्मिक क्षेत्रमा समेत उतिकै सकृय हुनुहुन्छ । क्षेत्र न १ (ख) मा उहाँको उम्मेदवारी आउने निश्चित भए सँगै जित्ने सम्भावना समेत उतिकै रहेकाे मतदाता हरु बताउँछ ।

२०७९ आश्विन २२, शनिबार प्रकाशित 0 Minutes 67 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार