२०८० जेष्ठ २२ सोमबार

हारमा ‘ ह्याट्रिक हुँदैन : शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मङ्सिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले झापा १मा जसरी पनि जित हासिल गर्ने दाबी गरेका छन् । उनले झापा १ मात्र नभई देशका अधिकांश स्थानमा सत्तारुढ गठबन्धन दलले परिणाम आफ्नो पक्षमा पार्ने बताए ।

झापा १को सन्दर्भमा कुरा गर्दै नेता शर्माले आफूले यस पटक चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका छन् । उनले भने– मेरा लागि ‘यो तेस्रो पटकको ट्रायल हो, तेस्रो पटकमा राँगो त छिन्छ, यस पटक नतिजा कसरी मेरो पक्षमा नपर्ला ? यो पटक आफूले जसरी पनि चुनाव जित्ने दाबी गरेका शर्माले सबै झापालीको साथ र समर्थनमा आफूले झापा १ बाट चुनाव जितेरै देखाउने बताए । उनले भने– ‘अब हारमा मेरो ह्याट्रिक हुँदैन, नेपाली कांग्रेसले जुनसुकै हालतमा निर्वाचन जित्छ ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।