२०८० जेष्ठ २२ सोमबार

भुटानी शरणार्थी हत्या प्रकरण : घटनामा संलग्न ९ जना सार्वजनिक

दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ वर्षीय  एलबि भन्ने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको चुलाचुली गाउँपालिकामा असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । आपराधिक पृष्ट भूमिका गुरुङले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरू मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरूले आफूहरू हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाभन्दा ३ दिन अगाडि मृतक एलबि भन्ने लालबहादुर गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपीहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा घटनास्थलमा रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको  छ ।

घटनापछि झ्याम्ले भन्ने नरेश कुमार याखाले घरबाट लगेको दापसहितको खुकुरी आफ्नै घर पछाडिको खेतमा फालेको र पछि त्यही फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थल नजिकै मृतकले चलाउने गरेको १९ प ३७२५ नम्बरको मोटरसाइकल दुवै टायर काटिएर लडाएर फालेको अवस्था फेला परेको थियो।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।