
२०७९,असोज ६
काठमाडौँ
पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित हुनुभएको छ । लामो समयदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध भइ हाल प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमनकर्ताको रूपमा कार्यरत पौडेललाई काउन्सिलले कर्मचारी प्रोत्साहान पुरस्कारको लागि सिफारिस गरेको हो । मकवानपुरको गढी गाउँपालिकामा जन्मेर जिल्लाकै हेटौँडाबाट पत्रकारिता शुरु गर्नुभएकी पौडेललाई कलमको माध्यमले पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
देशकै पत्रकारिता जगतको अविभावकीय संस्था काउन्सिलले आफूलाई प्रोत्साहन गर्नुले थप जिम्मेवारी बोध भएको उहाँले बताउनुभयो । “पुरस्कारले मेरो पत्रकारिता प्रतिको प्रेम, लगाव र मेहनतलाई शसक्त बनाएको छ, अझ जोश, जागरलाई कलम र आवाजको माध्यमबाट बुलन्द बनाउने प्रयास गर्नेछु,”–पौडेल । हेटौँडा एफएमबाट पत्रकारिता सुरूवात गरेकी पौडेलसँग टेलिभिजन, अनलाईन र पत्रिकामा काम गरेको भनुभव छ । राजनीतिशास्त्रमा मास्र्टस तथा कानुनमा स्नातक अध्ययन गर्नुभएकी पौडेलले समसामयिक विषयवस्तु, महिला तथा बालबालिका क्षेत्रमा विशेषत कलम चलाउने गर्नुभएको छ ।
यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट स्वतन्त्र पत्रकार पौडेल २०७७ सालमा सम्मानित हुनुभएको थियो ।