२०७९ चैत्र १५ बुधबार

दमकका मेयर थापाले बजारमा छड्के हानेपछि ……


खगेन्द्र घिमिरे झापा ः

चाडपर्व नजिकिए सगै झापाको दमक नगरपालिकाले बजार अनुगमन सुरु गरिएको छ ।
नगरप्रमुख राम थापाल सहितको सहभागीतामा बजारको मुख्य क्षेत्रका विभिन्न पसलहरुको छड्के गरेका हुन ।
नगरप्रमुख थापाले नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा मार्फत नियमित रुपमा बजार अनुगमन हुने गरेको र चाडपर्वको समयमा थप प्रभावकारी बनाउन संयुक्त रुपमा अनुगमन गरेको बताए ।
जनप्रतिनिधीहरु सहित नगरपालिकाका कर्मचारी एवम् खाद्य प्राविधिक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरतराज पुरी, घरेलू तथा साना उद्योग कार्यालय, ईलाका प्रशासन, ईलाका प्रहरी, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा कतिपय पसलहरुमा मुल्य सुची नराखेको पाईएकाले सवै उपभोक्ताले देख्ने गरि मुल्य सुची राख्न, म्याद सकिएका सामाग्री पसलबाट हटाउन, तराजू नियमित नविकरण गर्न जस्ता सुधारात्मक सुझावहरु दिईएको नगरपालिका खाद्य निरीक्षण अधिकृत लक्ष्मी न्यौपानेले जानकारी दिए ।
अनुगमनलाइ निरन्तरता दिने नगर प्रमुख थापाले बताएका छन । साथै चार्डपर्वमा नगरको शान्ति सुरक्षाका लागि नगरपालिका सचेत रहेको बताए

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार