
खगेन्द्र खरो ज्यामिरगढी ।।
निम्न वर्गका लागि सामुदायिक विकास संस्था मेचीनगर १५ ज्यामिरगढीको १९ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
२०६० साल चैत्र १ गतेबाट सामुदायिक गा्रमिण बिद्युतियकरण विभाग र संस्थाबीच सम्झौता भइ बिद्युत सेवा संचालन बिद्युत विस्तार,मर्मत सम्भार तथा विद्युत सम्वन्धी कार्य गर्ने गरी संचालनमा आएको थियो ।
२०४ गा्रहक ३ वटा टन्सफर्मर तथा ३ किमि वितरण लाइनबाट सुरु गरेको यस सस्थाको १९ वर्षमा प्रवेश गर्दा १८ सय ५५ घरधुरीले विद्युत सेवा लिइरहेको संस्थाले अध्यक्ष खड्ग वहादुर राउतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका छन ।
हल मेचीनगर वडा न १५ तथा ७ गरी प्राय सबै कुना बस्तीहरुमा ११ वटा टन्सफर्महरुबाट विद्युत लाइन विस्तार भई साबिक ज्यामिरगढी गाविसका सम्पुर्ण भू भागहरुमा विद्युत लाइन पुगिसकेको उल्लेख गरिएको छ ।
कर्यक्रममा संस्थाकी कोषाध्यक्ष सरिता राजबंशीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गनु भएको थियो । कार्यक्रममा संस्थालाइ बिभिन्न क्षेत्रबाट सहयोग गर्ने हरुलाई सम्मान गरिएको थियो । पूर्व ज्यामिरगढी गाबिस सचिव घनश्याम मिश्र,संस्थापक अध्यक्ष नरप्रसाद लामिछाने ,सस्थापक सदस्य निता पुरी,गोबिन्द घिमिरे,प्राबिधिक वरुण कुमार राजबंशी,भक्त वहादुर खड्कालाई सम्मान पत्र नगद सहित सम्मान गरिएको थियो । साथै सस्थाका उत्कृष्ठ गा्रहक केशववहादुर गुरुङ्ग,देवीमाया खनाललाई नगद सहित सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष खडगवहादुर राउतको सभापतित्वमा सम्पन्न कार्याक्रममा मेचीनगर नगरपालिका वडा न १५ का वडाध्यक्ष गुणराज भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत प्रधिकरण धुलाबारी वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो,सामुदायिक विद्युत उपभोक्ता राष्ट्यि महासंघ झापा जिल्ला अध्यक्ष चेतराज भट्टराइ,केन्द्रिय सदस्य जिवन बास्तोला,विरेन स्मृति प्रतिष्ठान अध्यक्ष पदम गौतम,नेकपा एमाले प्रतिनिधी मुरली धर कोइराला ,नेपाली काग्रेस अम्बिका शिवाकोटी,नेकपा माओबादी जगेन राजबंशी लगायतले मन्तब्य राख्नु भएको थियो ।
मेचीनगर वडा न १५ वडा कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रम संस्थाका सचिव सोम वहादुर कटुवाले संचालन गर्नु भएको थियो ।