२०८० जेष्ठ २२ सोमबार

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुर जिल्ला गडी गाउँपालिका- ८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।