२०८० जेष्ठ २२ सोमबार

हाेलिवेलले संस्थापक स्वर्गीय अणु प्रधानको स्मृतिमा छात्रवृत्ति घोषणा   

sharethis sharing button

मेचीनगर ।    मेचीनगर–९ धुलाबारीमा सञ्चालित होलिवेल इङ्लिस स्कूलले पनि बाल दिवस मनाएको छ । बुधबार राष्ट्रिय बाल दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएका छन् । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।

कक्षागतरुपमा साँस्कृतिक तथा लोक नृत्यमा आफ्नो प्रतिभा देखाएका थिए । विद्यालयले २०७८ सालका शैक्षिक उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको छ । विद्यालयका प्रधानाध्यापक अरिस्ता प्रधानले पुरस्कार वितरण गरेकी हुन् ।

विद्यार्थीले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षकहरूले पनि नृत्य तथा गायन विधामा प्रस्तुति दिएका थिए । विद्यालयले हरेक बाल दिवसको अवसर पारेर संस्थापक स्वर्गीय अणु प्रधानको स्मृतिमा एकजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १२ सम्म छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरेको छ । प्रधानको वर्ष दिन अघि निधन भएको थियो । शैक्षिक यस  विद्यार्थीलय अब्बल रुपमा चिनिदै आएको छ ।

२०७९ भाद्र २९, बुधबार प्रकाशित 0 Minutes 373 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।