
खगेन्द्र खरो /फोटो अभिसेक दवाडी झापा ।
चुरेको काखमा प्रसिद्ध तीर्थस्थल कनकाइको दोभानमा रहेको ‘ह्याप्पी ड्रिम्स ’ पर्यटकीय हिसावले पार्क आन्तरिक तथा वाहिय पर्यटकहरूका लागि उपयुतm गन्तव्य बन्दै गएको हो ।
इलामको माई नगरपालिका वडा–२ स्थित चेप्टी नयाँ गन्तव्यका रुपमा विकास सँगै प्रकृति सँग रम्न र दृश्य हेर्न पर्यटकले यस स्थान रोज्ने गरेका हुन ।
प्राकृतिक दृष्यसँगै कृत्रिम मनोरञ्जनलाई पनि महसुस गर्न सकिने ह्याप्पी ड्रिम्स स्थानमा देश तथा बिदेशका स्थानहरूबाट भ्रमणका लागि आउने गरेको स्थानीय पर्यटक सन्तोष राइ बताउँछन्
पार्क पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेसँगैे पर्यटकका लागि नयाँ र नौलो संरचनाहरु निमार्णलाई तिब्र पारिएको संचालक बताउछन । संचालक पर्यटन व्याबसायी दिनेश शिवाकोटीले संचालनमा ल्याएको पार्कको ४० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ । दुईसय रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधिन हेप्पी ड्रिम्समा तिन अर्वको लागत लाग्ने अनुमान गरीएको छ । पार्कमा हालसम्म ४० करोड लगानी भइसकेको परियोजनाका सञ्चालक शिवाकोटी बताउँछन् ।
झापाको बिर्तामोडदेखि अनुमानित २५ किलोमिटर दुरीमा रहेको यस पार्क रमणीय स्वच्छ बताबारण, माई खेलाको किनार ,चुरे पहाड र झोलुङगे पुल का कारण आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने गरेको छ ।
हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन,लगायतका संरचनाहरु बनाईएको छ । जीपलाइन संचालनको अन्तिम चरणमा रहेको छ । आगामी दिनमा केवलकार समेत सञ्चालन गर्ने योजना रहेको शिवाकोटी बताउँछन ।
मिराकल पार्कलाई समेत बिर्साउने पार्क निर्माण गर्ने अवधारणासहित आगामी दिनमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य राखिएको पार्क पूर्वकै नमुना पार्कका रुपमा परिचय बनाउँन थालेको छ ।
हाल यहाँ खान र बस्नको लागि रिसोर्ट प्रदुषण रहित स्वच्छ वातावरण र माईखालाको बतास, जंगल, खोल्साको चिसो ओसले गर्मी महिनामा यहाँ पुग्नेको मनै आनन्दीत बनाउनेछ । इलाम जिल्लाको ठुलो पर्यटककिय स्थलको रुपमा परिचय पाएको यस पार्कमा सयौले रोजगारी पाएका छन । आफुहरु पार्क निमार्ण सँगै बिदेशमा पुगेर श्रम गर्नु पर्ने बाध्यता अन्त भएको स्थानीय सुवास बिक बताउछन ।
हेप्पी ड्रिम्स चेप्टी प्रोजेक्ट सुरु भएपछि स्थानियहरु निकै हर्षित बनेका छ । बाटो घाटोको राम्रो व्यवस्था नभएको चेप्टीमा राम्रो बाटो बनेको छ, अझै बन्ने क्रम रहेको छ । एक बर्ष अगाडी ५० हजार रोपनीमा पनि नविक्ने जमिन अहिले १० लाख रोपनी पुगेको छ । स्थानियले प्रत्यक्ष रोजगारी पाएका छन् । सुरुवातीे चरणमा दैनिक १ हजार जनाले रोजगारी पाएका थिए अहिले नियमित दैनिक ५ सय भन्दा बढीले रोजगारी पाएका छन् । योजना पूर्णरुपमा संचालनमा आईसक्दा हजारौंले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाउने देखिएको छ । अहिले आसपासमा स्थानियहरुले व्यवसाय गर्न सुरु गरेका छन् ।
दुइ बर्ष देखि निमार्ण सुरु भएको पार्कमा हाल सम्ममा करिव १ सय ५० भन्दा धेरै प्रकारका हेर्न र प्रयोग गर्न मिल्ने खालका योजनाहरु तयार भईसकेको छ । गरे के हुदैन र असम्भव भने केही छैन भन्ने प्रमाण पनि यस पार्कले पेश गरेको छ ।
प्रदुषण रहित वातावरण र माईखालाको बतास, जंगल, खोल्साको चिसो ओसले गर्मी महिनामा त्याहाँ पुग्नेको मनै प्रफुलित बनाउने ठाउँ रहेको छ ।केवलकार बाहेक एक सय करोडको लगानीमा सुरु गरिएको पार्क पूर्ण निर्माण सम्पन्न हुन अझै एक बर्ष लाग्ने देखिएको छ । अहिलेकै अवस्थामा पर्यटकहरुलाई त्यहाँ पुगेर रमाउन भने पर्याप्त वातवरण तयार भईसकेको छ ।
आउदो दशै तिहारमा एकै दिन १ लाख पर्यटक चेप्टी पुर्याउने योजना रहेको बताईएको छ । लगानीले मेरो कामलाई संसारमा चिनाउन मुस्किल हुने भएकाले प्रकृतिले दिएको उपहारलाई सदुपयोग गरेर देश तथा बिदेशका हजारौ पर्यटकको गन्तव्य बनाउने सपना पुरा गर्ने लक्ष्य लिएको यस पार्कको संरक्षण गर्न सरकारी तवरबाट उचित ध्यान दिनु पर्छ ।